२ कार्तिक २०८३, सोमबार

नेपालमा करिब साढे २४ हजारको परीक्षण, १४ स्थानमा पीसीआर र ७५ जिल्लामा आरडीटी परीक्षण सुरु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ वैशाख । शुक्रबार सम्ममा नेपालमा कोरोनाभाइरसको आशंकामा जम्मा २४ हजार २५३ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा दुवै आरडीटीबाट गरिने परिक्षणको संख्या १६ हजार ५ सय ६५ र पीसीआर विधिबाट ७ हजार ६ सय ८८ जनाको परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २२ वटा नयाँ परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।

त्यस्तै, देशैभरका अस्पतालहरूमा शुक्रबारसम्म आइसोलेसनमा ९० जना भर्ना भएका छन् । जसमा काठमाडौं उपत्यकामा ५ जना र बाहिर ८५ जना उपचाररत छन् ।

सातै प्रदेशका क्वारेन्टाइनमा चार हजार ६०७ जना रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार गत २४ घण्टामा मन्त्रालयले जारी गरेको हटलाइन नम्बर १११५ र ११३३ मा दुई हजार ६३२ जनाको गुनासो सम्बोधन गरिएको छ ।

त्यस्तै, प्रवक्ताले कोरोना भाइरस (कोभिड–१९) पीसीआर मेसिनले देशका १४ स्थानबाट परीक्षण सुरु गरेको जनाएका छन् ।

मन्त्रालयले शुक्रबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटालले यसअघि १३ स्थानबाट परीक्षण हुँदै आएकोमा आजबाट पाटन अस्पतालमा पीसीआर मेसिन जडान गरेको बताए ।

उनले कोरोना भाइरसको द्रुतगतिमा गरिने परीक्षर्ण यापिड टेस्ट किटबाट ७५ जिल्लामा परीक्षण सुरु गरिसकेको बताए ।

“यसअघि नै सातै प्रदेशमा ५ हजारको दरले कोभिड परीक्षण गर्ने आरडीटी पठाएकोमा शुक्रबार थप ३० हजार पठाइएको छ,” उनले भने, र्“यापिड टेस्टकिट देशभैर हालसम्म ६५ हजारसम्म सातै प्रदेशमा पठाइसकेको छ ।”

चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) का एमडी गरिरहका ३४ जना चिकित्सकहरू सुदूरपश्चिम जिल्लामा पठाइएको उनले बताए । उनले भने, “ती चिकित्सकहरूले एक महिना सुदूरपश्चिम जिल्लामा रहेर सेवा दिनेछन् ।”

यस्तै परीक्षणको दायरा बढाउन ललितपुरको पाटन अस्पतालमा समेत पीसीआर मेसिन जडान गरिएको उनले बताए । यससँगै देशभर कुल १४ ठाउँबाट पीसीआर प्रविधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने व्यवस्था मिलाइएको प्रवक्ता देवकोटाले बताए ।

यसबाहेक सरकारले गत साता ५/५ हजारका दरले र्‍यापीड डाइगोनेस्टिक किट प्रत्येक प्रदेशमा पठाइएकामा अहिले आवश्यकताअनुसार थप ३० हजारभन्दा बढी किटहरू पठाइएको बताए । यससँगै करिब ७० हजारको संख्यामा ¥यापिड किटहरू प्रदेशमा पठाइसकेको प्रवक्ता देवकोटाले बताए ।

यस्तै आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएका व्यक्तिहरू सबैको पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा नेगेटिभ देखिएको उनले बताए ।

यस्तै केहीको परीक्षणको क्रममै रहेको उनले बताए । देवकोटाले ७५ वटा जिल्लामा र्‍यापीड डाइगोनेस्टिक किटबाट परीक्षण गर्ने व्यवस्था भएको बताए ।