
काठमाडौँ, ५ वैशाख । महेन्द्रबहादुर पाण्डे जनवादी गणतन्त्र चीनका लागि नेपालको राजदूत नियुक्त भएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई चीनका लागि नेपालको राजदूतमा नियुक्त गरेकी हुन् ।
संविधानको धारा २८२ अनुसार पाण्डेलाई चीनको राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।
तत्कालीन राजदूत पौडेल फिर्ता भएसँगै चीनका लागि नेपाली राजदूतको रिक्त पद पाण्डेको औपचारिक नियुक्तिसँगै अन्त्य भएको हाे ।
सरकारले तत्कालीन राजदूत लीलामणी पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई राजदूतका लागि सिफारिस गरेको थियो ।
सरकारले सिफारिसलाई संसदीय सुनुवाई समितिले राजदूतका लागि पाण्डेलाई अनुमोदन गरेको थियो ।















प्रतिक्रिया