
झापा, ५ वैशाख । प्रहरीले गाई काटेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।
दमक नगरपालिका ३ बेलडागी २ शिविरबाट गाई काटेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय सुनिल गुरूङ समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा गाई काटेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उक्त घटनामा संलग्न अन्य ३ जनाको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया