
काठमाडौँ, ५ वैशाख । आफ्नै श्रीमतीको हत्या अभियोगमा ताप्लेजुङमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
फुङलिङ नगरपालिका ९ का पासाङ थुन्डुकलाई ५२ वर्षीया मिङ्मा लामु शेर्पाको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पासाङले अत्याधिक मादक पदार्थ सेवन गरेर आफ्नै श्रीमती मिङ्मामाथि कुटपीट गरी हत्या गरेका थिए ।
मृतकका आफन्तले पासाङविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।















प्रतिक्रिया