शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

काठमाडौँका ६ वटा भाटभटेनी स्टोर आजदेखि खुल्ने

दैनिक नेपाल २०७७ वैशाख ५ गते १३:५५


काठमाडौँ, ५ वैशाख । आजदेखि भाटभटेनी सुपरमार्केट खुल्ने भएको छ । भाटभटेनीले उपत्यकाका विभिन्न ६ स्टोर खुला गर्ने निर्णय गरेको हो ।

स्टोरमा पूर्ण सावधानी अपनाएर खोलिएको भाटभटेनीले जनाएको छ ।

लकडाउनमा अत्यावश्यक सामान खरिदका लागि शुक्रबारदेखि विहान १० बजेदेखि बेलुका ७ बजेसम्म स्टोर खुला गरिने भएको हो ।

राजधानीका कलंकी, महाराजगन्ज, नक्साल, पुरानो भाटभटेनी, भक्तपुर र पुल्चोकको स्टोर खुल्ला रहनेछ । स्टोरमा एक पटकमा १० जनामात्रै ग्राहकले किनमेल गर्न पाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित