
-एसपी उप्रेती
झापा, ३ वैशाख । झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा र्यापिड डाइग्नाेस्टिक टेस्टमा कोरोना पोजेटिभ देखिएको भनिएकोमा पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएको छ ।
कोशी अञ्चल अस्पताल विराटनगरले रिपोर्टमा कोरोना संक्रमण नभएको पुष्टि गरेकाे छ।
वुधबार उक्त व्यक्तिको आरडीटी परीक्षण पोजेटिभ देखिएको भनेर सामाजिक सञ्जालमा हल्ला फैलिएको थियो । यद्यपि जिल्ला स्वास्थ्य कार्यालयले भने त्यसको पुष्टि गरेको थिएन ।
रिपोर्टमा आशंका भएपछि स्वाब संकलन गरेर पुनः परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जनाएका थिए ।
रिपाेर्ट :
















प्रतिक्रिया