८ मंसिर २०८३, मंगलबार

प्रहरीद्वारा तीन चिकित्समाथि कुटपिट, छानविन समिति गठन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । त्रिवि शिक्षण अस्पतालका तीन चिकित्सकमाथि प्रहरीले बुधबार बेलुका कुटपिट भएको छ । ड्युटी सकेर फर्कने क्रममा महाराजगञ्ज कान्ती अस्पताल पछाडि प्रहरीले चिकित्सकमाथि कुटपिट गरेको हो ।

राष्ट्रिय आवासीय चिकित्सक संघले चिकित्सकमाथि भएको कुटपिटबारे विज्ञप्ति जारी गर्दै विरोध जनाएको छ । विज्ञप्तिमा परिचय पत्र देखाउँदा र अस्पतालबाट फर्केको अवगत गराउँदा समेत लाठी चार्ज र गाली गलौज गर्ने प्रहरीलाई छानविनको दायरामा ल्याउन र कारबाही अगाडि बढाउन माग गरिएको छ ।

घटनाबारे थप छानविन गर्नका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले छानविन समिति गठन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यको नेतृत्वमा रहेको छानविन समितिमा महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रहरी उपरीक्षक (एसपी) मुकेश सिंह र महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटी सदस्य छन् ।