
लन्डन, ४ वैशाख । कोरोना संक्रमणबाट एक नर्सको मृत्यु भएको छ । ती नर्स गर्भवती रहेको र बच्चालाई भने सकुशल जन्म दिएकी छिन् ।
मेरी एगुवा एग्योपोङ नाम गरेकी २८ वर्षिया नर्सको मृत्यु भएपछि उनीबाट जन्मिएका शिशु एकदमै राम्रो अवस्थामा रहेकोु अस्पतालकी प्रवक्ताले बताएकी छन्।
मेरी लुटन एण्ड डनस्टेबल युनिभर्सिटी हस्पिटलमा पाँच वर्षदेखि कार्यरत थिइन्। कोरोनाको संक्रमण भएको दुई दिनपछि अप्रिल ७ मा उनलाई अस्पताल भर्ना गरिएको थियो।
मेरीका पतिलाई पनि कोरोनाको संक्रमण रहेको छ र हाल उनी आइसोलेसनमा बसिरहेको बिबिसीले जनाएको छ ।















प्रतिक्रिया