काठमाडाैं, ४ वैशाख । बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित असिना पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
पश्चिमीसँगै स्थानीय वायुको प्रभावले देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भइ मध्य र पूर्वका केही ठाउँ तथा पश्चिमका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
बिहीबारभन्दा शुक्रबार र शनिबार देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।
अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्न लागेकाले भोलि र पर्सि देशभरिकै मौसम सामान्यतया बदली भइ देशका विभिन्न ठाउँमा चट्याङ, हुरीबताससहित केही ठाउँमा असिना पानी पर्ने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।











प्रतिक्रिया