२ कार्तिक २०८३, सोमबार

चितवनमा २ जनामा र्‍यापिड टेस्टकाे रिपाेर्ट पोजेटिभ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३ वैशाख । चितवनमा दुई जनामा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ । वुधबार गरिएको र्‍यापिड डाइग्नाेस्टिक टेस्टमा दुई जनामा पोजिटिभ देखिएको हो ।

राप्ती नगरपालिका वडा नम्बर ८ निवासी एक महिलामा र रत्ननगर १२ का एक पुरुषमा एन्टिबडी रियाक्टिभ देखिएको हो ।

करिब एक महिना अगाडि दक्षिण कोरियाबाट आएका ४७ वर्षीय पुरुष र चैत ५ गते लण्डनबाट हङकङ हुदैँ नेपाल आएकी महिलामा रियाक्टिभ देखिएको राप्ती नगरपालिकाका स्वास्थ्य शाखा प्रमूख सुरेश न्यौपानेले जनाएका छन् ।

उनीहरुलाई थप परीक्षणको लागि भरतपुर कोरोना विशेष अस्थायी अस्पताल पठाइएको छ ।