२ कार्तिक २०८३, सोमबार

फेसबुकमार्फत अफवाह फैलाएको अभियोगमा पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ वैशाख । सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाएको अभियोगमा दाङ र सुर्खेतबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङको घोराही उपमहानगरपालिका १४ घोराही बजार बस्ने २८ वर्षीय दिपक न्यौपानेलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

दिपकले फेसबुक स्टाटसमा दाङमा पनि कोरोना भाइरस संक्रमित व्यक्ति भेटिएको भनी तथ्यहीन तथा भ्रामक विवरण पोष्ट गरी जनमानसमा डर फैलाउने काम गरेको पाइएपश्चात जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, फेसबुकबाटै अफवाह फैलाएको अभियोगमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ८ कालिन्चोक बस्ने ३६ वर्षीय धर्मराज आचार्यलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

धर्मराजले फेसबुक स्टाटसमा सुर्खेतमा १ जना कोरोना संक्रमित व्यक्ति देखिएको भनि तथ्यहीन र भ्रामक प्रचार गरी अफवाह फैलाई जनमानसमा डर त्रास फैलाउने काम गरेको पाइएपश्चात जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।