
काठमाडौं, ३ वैशाख । नेपाल प्रहरीका १० जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) यसै साता प्रहरी नायव महानिरिक्षक (डिआईजी)मा बढुवाका लागि सिफारिस हुना साथ प्रधान कार्यालयले डेढ दर्जन प्रहरी उपरिक्षक (एसपी)लाई एसएसपी बढुवाको तयारी गरेको छ ।
१९ एसएसपी पद रिक्त छन् । कार्य सम्पादन मुल्यांकन र बरिष्ठताका आधारमा बढुवा हुनेछ । यसमा अघिल्लो पटक छुटाइएकालाई प्राथमिकतामा राखिएको पनि स्रोतले जनाएको छ ।
बढुवाको लाइनमा भने तीन दर्जन भन्दा बढी एसपी लागेका छन् । गृह मन्त्रालयमा बढुवाका निम्ति छलफल जारी राखिएको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयसाग बढुवाका लागि एसपीका नाम माग गरिसकेको छ । गृहसचिव महेश्वर न्यौपाने र प्रहरी महानिरिक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवालीबीच परामर्श भएको छ ।
एसएसपी बढुवाका लागि केदार ढकाल, रविन्द्र केसी, जनक भट्टराई, अर्जुन चन्द ठकुरी, अशोक सिंह छन् । १०८ ब्याचका प्रहरी अधिकारी अघिल्लो पटक छुटाइएका थिए । यस्तै, ९८ औँ ब्याचका वीरेन्द्र बस्याल, नवराज भट्टको पनि बढुवा हुनेछ ।
१०१ औँ ब्याचका उमाशंकर पन्जियार, जनक पाण्डे छन् । एसपीहरू कुवेर कठायत, भरत बोहरा, दुर्गा सिंह, किरण राणा, हृदय थापा, सुरेन्द्र मैनाली, विष्णुकुमार केसी, चक्रबहादुर सिंह, राजकुमार वैदवार, मुकेश सिंह, राजेश बास्तोला, सुदिप गिरी, कृष्णकुमार महत, लालमणी आचार्यलगायत स्पर्धामा छन् ।
गृह सचिव न्यौपानेले बरिष्ठता, कार्य सम्पादन मुल्यांकनका आधारमा नै बढुवा हुनुपर्ने बताएका कारण ०७३ मा एसपीमा बढुवा भएकाको पनि एसएसपीमा पुग्ने आकांक्षा तत्काल पुरा हुन नसक्ने बताइन्छ ।
डिआईजी बढुवाका क्रममा नै प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठता र योग्यतालाई नमिच्न ठाडो निर्देशन दिएपछि रोलक्रममा आधारमा नै प्रहरीको बढुवा हुन लागेको उच्च स्रोतले जनायो ।











प्रतिक्रिया