८ मंसिर २०८३, मंगलबार

अर्थमन्त्री खतिवडा सनसिटी अपार्टमेन्ट नगएको सचिवालयद्वारा स्पष्ट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । अर्थमन्त्री युवराज खतिवडा केहि समयअघि सनसिटी अपार्टमेन्ट गएको भन्ने समाचार बाहिरिएपछि सचिवालयले यसको खण्डन गरेको छ ।

मन्त्रीका प्रेस संयोजक यमन पौडेलले मन्त्री खतिवडा अपार्टमेन्टमा नगएको स्पष्ट पारेका हुन् । अर्थ मन्त्री खतिवडाका छोरा अपार्टमेन्टको आन्तरिक समितिका पदाधिकारीको लागि चुनावमा उठेको र खतिवडा त्यहाँ पुगेको समाचार बाहिरिएको थियो ।

खतिवडा कुनै सार्वजनिक कार्यक्रम तथा भेलामा सहभागी नभएको र निवास, सिंहदरबार र बालुवाटारका काममा मात्र व्यस्त रहेको उल्लेख गरिएको छ ।

मन्त्री खतिवडा मुटुको बिरामी भएकाले स्वास्थ्यमा निकै सजक रहेको पनि स्पष्ट पारेको छ । सनसिटीमा बस्ने दुई जनामा कोरोना संक्रमण देखिएको छ ।