
गोरखा, ३ वैशाख । गोरखामा एक युवामा कोरोना पोजेटिभ देखिएको छ । बहराइनबाट ४० दिनअघि नेपाल आएका उनमा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
आरुघाट गाउँपालिका–५ का एक ३१ वर्षीय यी युवा फागुन २३ गते बहराइनबाट फर्किएका थिए।
उनको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ।
उनमा कोरोनाका लक्षण भने केहि पनि नदेखिएको बताइएको छ ।











प्रतिक्रिया