८ मंसिर २०८३, मंगलबार

राजधानीमा बिहानै लकडाउनको उल्लंघन गर्ने दुई हजार बढि नियन्त्रणमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । प्रहरीले राजधानीबाट बुधबार बिहानै लकडाउन उल्लंघन गर्ने दुई हजार बढिलाई नियन्त्रणमा लिएको छ ।

महानगरिय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बिहानै २ हजार ३८ जनालाई नियन्त्रणमा लिइएको छ । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउन अझै कडा बनाउने बताएको छ ।

जरुरी कामबिना सडकमा निस्कने र लक डाउन आदेशको उलंघन गर्नेलाई सम्बन्धित स्थलमै नियन्त्रणमा लिने र होल्ड गर्ने अभियानलाई तीव्र बनाइएको छ।

राजधानी प्रवेश गर्ने सबै संभावित नाकामा सुरक्षा जाँच र गस्तीलाई थप कडा तुल्याइएको छ।