
काठमाडौं, ३ वैशाख । सर्लाहीको ईश्वरपुर नगरपालिका-१५ मा राहत वितरणका विषयमा झडप हुँदा दुई प्रहरी घाइते भएका छन् ।
राहत वितरणको विषयमा वडाअध्यक्ष सहित जनप्रतिनिधि र स्थानीयको एक समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। झडप नियन्त्रणका लागि प्रहरीले दुई सेल अश्रँग्यास समेत प्रहार गरेको छ ।
१५० जनाको समूहले आफूहरुको नाम राहत पाउने लिष्टमा नभएको भन्दै वडाध्यक्षसहित जनप्रतिनिधि र कर्मचारीमाथि हातपात गरेपछि विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विवाद गर्न आएका व्यक्तिलाई सम्झाउन खोज्दा प्रहरीमाथि ढुगाँमुढा प्रहार गरिएको थियो। ढुुंगाले लागेर प्रहरी सहायक निरीक्षक विरेन्द्र यादव तथा प्रहरी जवान भागेश्वर यादव सामान्य घाइते भएका छन्।











प्रतिक्रिया