२ कार्तिक २०८३, सोमबार

सनसिटीमा बस्ने सबैको स्वास्थ्य परीक्षण सुरु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ वैशाख । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने सबै जनाको स्वास्थ्य परीक्षण गरिने भएको छ । उनीहरुको आजबाटै स्वास्थ्य परीक्षण सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उक्त अपार्टमेन्टमा बस्दै आएका ३ जनामा कोरोना संक्रमकण पुष्टि भएपछि त्यहाँ रहने सबैको स्वास्थ्य परीक्षण गरिन लागेको स्वास्थ्य मन्त्रालयले मंगलबार फेसबुक पेजमार्फत जनाएको छ ।

चैत ४ गते लण्डनबाट आएका एकै परिवारका ३ जनामा कोभिड १९ को आरडीटी तथा पीसीआर विधिबाट पनि परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो । बाँकी एक जनाको भने पुन पीसीआर परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

अपार्टमेन्टका मानिसमा कोरोना संक्रमण पुष्टि भएसँगै मन्त्रालयले अपार्टमेन्ट सिल गरेर त्यहाँ बस्ने सबै जनाको स्वास्थ्य परीक्षण गर्न लागेको हो ।