२ कार्तिक २०८३, सोमबार

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

खोटाङ, २ वैशाख । आफ्नै ५० वर्षीय श्रीमान छ कुमार राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बाह्रपोखरी गाउँपालिका १ खुर्साने बस्ने ५० वर्षीया मेनुका राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मेनुकाले खुकुरी प्रहार गर्दा छ कुमारको घटनास्थलमै मृत्यु भएको भन्ने सूचनाका आधारमा प्रहरी चौकी बाह्रपोखरी, ईलाका प्रहरी कार्यालय चिसापानीबाट र ईलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएको प्रहरीले उनीलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।