८ मंसिर २०८३, मंगलबार

पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराउने तीन जेल चलान

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २ वैशाख ।  पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा पक्राउ परेका तीनजनालाई पुर्पक्षका थुनामा पठाइएको छ।

एकजना भने घटनामा संलग्न नदेखिएको भन्दै तारेखमा छुटेका छन्। महानगरीय प्रहरी वृत्त ठिमीका अनुसार गएको चैत ३० गते भक्तपुर जिल्ला अदालतले उनीहरुलाई काठमाडौंको डिल्लीबजारस्थित कारागारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

कैलालीको टीकापुर नपा २ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३१ वर्षीय लक्ष्मण सेठ्ठी, कैलालीकै भजनी नपा ४ घर भई हाल चितवन भरतपुर बस्ने ३२ वर्षीय अमृतबहादुर कुमाल र कालीकोट शान्ति त्रिवेणी गापा ८ घर भई काठमाडाै‌ बसुन्धरा बस्ने २७ वर्षीय अभिषेक भन्ने टेकबहादुर विक जेल चलान भएका छन् भने लमजुङका हाल जडिबुटी बस्ने देव गुरुङ भने तारेखमा रिहा भएका छन् ।

उनीहरुलाई प्रहरीले पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ मनहरामा रहेको घरमा घरमा बम विस्फोट गराएको आरोपमा चैत ६ गते पक्राउ गरेको थियो। पूर्वमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा गएको फागुन २८ गते रिमोट कन्ट्रोलमार्फत कुकर बम विस्फोट गराइएको थियो।