
काठमाडाैं, २ वैशाख । इङ्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक पिटर बोनेट्टीको निधन भएको छ। बोनेट्टीको आइतबार राति ७८ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए।
बोनेट्टी इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्वगोलरक्षक पनि हुन्। बोनेट्टीले सन् १९६० देखि सन् १९७५ सम्म चेल्सीबाट व्यावसायिक फुटबल खेलेका थिए। उनी आफ्नो समयका चर्चित गोलरक्षक थिए। उनले चेल्सीलाई सर्वोत्कृष्ट गोलरक्षक भएको क्लबका रूपमा छुट्टै परिचयसमेत दिलाएका थिए। त्यसैले उनलाई सर्वकालीन सर्वोत्कृष्ट गोलरक्षकुको सम्मान पनि प्रदान गरिएको थियो।
बोनेट्टीको निधनमा इङ्ल्यान्डको फुटबल संघ (एफए), चेल्सीलगायतका विभिन्न क्लब र विश्वभरका फुटबल खेलाडीले उनको आत्माका चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
बोनेट्टी चेल्सीको जीवित इतिहास थिए। उनको निधनबाट हामी स्तब्धः भएका छौं। हामी उनको आत्माका चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छौुं चेल्सीद्वारा जारी शोक सन्देशमा भनिएको छ।















प्रतिक्रिया