१ कार्तिक २०८३, आइतबार

मोदीले मंगलबार सम्बोधन गर्ने, लकडाउन दुई साता लम्बाउने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २ वैशाख । भारतमा कोरोना महामारी रोकथामका लागि जारी लकडाउन फेरि लम्बिने भएको छ ।

मंगलबार बिहान स्थानीय समय अनुसार १० बजे प्रधानमन्त्री मोदीले विशेष सम्बोधन गर्दै लकडाउन लम्ब्याउने बताइएको छ ।

दिल्लीका मुख्यमन्त्री लगायत सरकार सम्बद्ध अधिकारीहरुले भारतीय मिडियालाई यसबारे जानकारी दिइसकेका छन् । भारतीय मिडियाका अनुसार मोदी सरकारले अप्रिल ३० सम्मका लागि लकडाउन थप्ने निर्णय गरेको छ ।

यसैबारे मंगलबार मोदीले सम्बोधनको क्रममा घोषणा गर्ने बताइएको छ । प्रधानमन्त्री मोदीले यसअघि भारतीय जनतालाई कोरोना विरुद्ध दीप प्रज्वलन गर्न आह्वान गरेका थिए ।

भारतमा कोरोना संक्रमणका कारण ९ हजार २ सय भन्दा धेरै संक्रमित हुनुका साथै ३ सय ३१ जनाको मृत्यु भएको छ ।