
काठमाडौं, १ वैशाख । काठमाडौंमा एकै परिवारका तीन जनामा कोरोना आशंका गरिएको छ ।
तीन जनाको र्यापिड टेष्टमा पोजेटिभ आएपछि पाटन अस्पताल भर्ना गरिएको छ ।
उनीहरु २८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा लक्षण देखिएपछि र्यापिड टेष्ट गरिएको थियो ।
तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले उनिहरु बस्ने सनसीटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ ।











प्रतिक्रिया