
काठमाडौं, १ वैशाख । रौतहटमा एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ ।
इशनाथ नगपालिकाको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताएका छन् ।
उनी १६ दिन पहिले भारतबाट फर्किएको पाइएको छ । उनलाई स्थानीय तहले क्वारेन्टाइनमा राखेको थियो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।











प्रतिक्रिया