१ कार्तिक २०८३, आइतबार

विश्वभर कोरोना अपडेट : १८ लाख ५७ हजार भन्दा धेरै संक्रमित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म विश्वमा १८ लाख ५७ हजार भन्दा धेरै संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा १८ लाख ५७ हजार ६ सय ७० संक्रमितको संख्या पुगेको छ ।

विश्वभर मृत्यु हुनेको संँख्या १ लाख १४ हजार ३ सय ९३ पुगेको छ भने ४ लाख २८ हजार ७ सय ५६ जना उपचारपछि निको भएर घर फर्केका छन् । अहिले कोरोनाबाट सबैभन्दा ग्रसित देश अमेरिका भएको छ ।

अमेरिकामा अहिलेसम्म विश्वकै उच्च २२ हजार १ सय १५ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ५ लाख ६० हजार ४ सय ३३ पुगेकोे छ । इटालीमा मृत्यु हुनेको संख्या १९ हजार ८ सय ९९ पुगेको छ भने १ लाख ५६ हजार ३ सय ६३ जना संक्रमित भएका छन् ।

स्पेनमा मृत्यु हुनेको संख्या १७ हजार २ सय ९ पुगेको छ भने संक्रमित संख्या १ लाख ६६ हजार ८ सय ३१ पुगेको छ । फ्रान्समा १ लाख ३२ हजार ५ सय ९१ संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या १४ हजार ३ सय ९३ पुगेको छ ।

जर्मनीमा ३ हजार २२ जनाको मृत्यु भएको छ भने बेलायतमा १० हजार ६ सय १२ जनाको मृत्यु भएको छ । भारतमा ९ हजार २ सय २० जना संक्रमित भएका छन् भने ३ सय ३१ जनाको मृत्यु भएको छ ।