
काठमाडौँ, ३० चैत । धनगढीमा १० जना पत्रकारको कोरोना भाइरसको परीक्षणका लागि नमूना संकलन गरिएको छ । जिल्लामा कार्यरत पत्रकारहरुको नमुना संकलन गरिएको हो ।
कोरोना भाइरस संक्रमणपछि फिल्ड रिपोर्टिङ गरेका उनीहरुको नमुना संकलन गरिएको हो ।
सेती प्रादेशिक अस्पतालमा उनीहरुको नमुना संकलन गरिएको हो ।
पत्रकारले पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै जोखिममा रहेर रिपोर्टिङ गर्नुपर्ने भएकाले परीक्षण गर्न लागिएको बताइएको छ । सीमा क्षेत्रमा खटिने पत्रकारहरुको पनि परीक्षण गरिने जनाइएको छ ।















प्रतिक्रिया