
जनकपुरधाम, ३० चैत । प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह रिहा भएका छन् । साह पक्राउ परेको केही घण्टामै रिहा भएका छन् ।
आइतबार लकडाउनको समयमा मास्कबिना मोटरसाइकल कुदाउँदै गर्दा प्रहरीबीच भनाभन भएको र उनले प्रहरीमाथि नै हातपात तथा दुर्व्यवहार गरेको आरोप थियो ।
उनले प्रहरी सहायक निरीक्षक विद्यापति ठाकुर र जवानलाई कुटपिट गर्दै मोबाइलसमेत फुटाइदिएको प्रहरीको आरोप थियो ।
घटनापश्चात उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालयमा भएको छलफलबाट फुटेको मोबाइलको क्षतिपुर्ति व्यहोर्ने शर्तमा रिहा भएको प्रहरीले जनाएको छ ।
उनले अब आइन्दा यस्तो नहुने र क्षतिपूर्ति दिने भनेपछि छुटेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया