
काठमाडौँ, ३० चैत । हिमानी कोषले पूर्वराजा ज्ञानेन्द्र शाहबाट उपलब्ध गराएको २ करोड रुपैयाँ कोरोना रोकथाम, राहत तथा उपचार कोषमा जम्मा गरिएको छ ।
आइतबार हिमानी कोषले रकम हस्तान्तरण गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईँले उक्त रकम बराबरको चेक बुझेका छन् । हिमानी कोषका कर्मचारीहरुमार्फत रकम हस्तान्तरण गरिएको हो ।
कोरोना भाइरसबाट बचाउन रकमको उचित सदुपयोग होस् भन्ने चाहना रहेको पनि पूर्वराजा ज्ञानेन्द्रले उल्लेख गरेका छन् ।
यो सहयोगसँगै आउँदा दिनहरुमा पनि कोरोना रोकथाममा सहयोग गर्ने जनाइएको छ । केही दिनअघि पूर्वराजा शाहले २ करोड रुपैयाँ सहयोगको घोषणा गरेका थिए ।















प्रतिक्रिया