सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

नेपालका आर्थिक वृद्धिमा झन गिरावट हुने प्रक्षेपण

दैनिक नेपाल २०७६ चैत ३० गते १५:०१

काठमाडौँ, ३० चैत । नेपालको आर्थिक वृद्धिदर साढे १ प्रतिशतमा झर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

विश्व बैंकले आइतबार दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाबारे एक रिर्पोट सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने प्रक्षेपण गरेको हो ।

कोरोना भाइरसका कारण कमजोर आर्थिक अवस्था हुने मानिसको जीवन झन् गम्भीर प्रभाव पर्ने विश्व बैंकले भनेको छ । यो स्थिति दक्षिण एशियाका सबै मुलुक उस्तै रहेको पनि बैंकले जनाएको छ ।

आतिथ्य सेवा, खुद्रा व्यापार र अनौपचारिक क्षेत्रमा काम गर्ने मानिसहरु कोभिडले बढी प्रभावित हुने भएका छन् ।

दक्षिण एसियामा पर्यटनमा आधारित मुलुकहरुको अर्थतन्त्र सबैभन्दा बढी धरासायी हुने खासगरी रेमिट्यान्समा आउने कमी, व्यापार र पर्यटनमा परेको प्रभावले आर्थिक वृद्धिमा कमी आउने विश्व बैंकले उल्लेख गरेको छ ।

अहिलेको असरलाई सम्बोधन गर्न थप ध्यान दिनुपर्ने भएको भएकोले आउँदो दुई आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत असर गर्ने विश्व बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित