१ कार्तिक २०८३, आइतबार

विश्वभरिबाट चार लाखभन्दा धेरै कोरोना सङ्क्रमितकाे सफल उपचार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३० चैत । विश्वका विभिन्न देशमा गरी ४ लाखभन्दा धेरै कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् ।

विश्वका २ सय १० र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिँदा १७ लाख ८० हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ४ लाख ४ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका वल्डओमिटरले जनाएको छ ।

१ लाख ८ हजार जनाको भने ज्यान गएको छ । कोरोना संक्रमणकोरोना संक्रमणका कारण अमेरिकामा मात्रै साढे २० हजार भन्दा धेरैको ज्यान गएको छ । ५ लाख ३० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा १८ सय भन्दा धेरैको ज्यान गएसँगै अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या साढे २० हजार नाघेको हो । अमेरिकापछि इटलीमा १९ हजारभन्दा धेरैको ज्यान गएको छ । हिजोसम्म ज्यान गुमाउनेको संख्या इटलीमा धेरै थियो ।