२ कार्तिक २०८३, सोमबार

लकडाउन उल्लंघन गर्ने १९६० जना नियन्त्रणमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २९ चैत । काठमाडौँ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ५ सय ४१ महिला सहित १९ सय ६० जनालाई नियन्त्रणमा लिएको छ ।

आज विहान ६ बजे देखि दिउँसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी २ सय ६६ वटा दुई पाङ्ग्रे र १० वटा चारपाङग्रे गरी २ सय ७६ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।

काठमाडौँबाट सबैभन्दा बढी १७ सय ८६ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट १ सय ६० र भक्तपुरबाट १४ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको

बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरे ।