
विराटनगर, २९ चैत । प्रदेश १ मा पनि र्यापीड डाइग्नोस्टिक टेस्ट (आरडीटी) सुरु भएको छ । कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिको स्वाब संकलन र परीक्षणका आरडीटी सुरु भएको हो ।
हालसम्म ९३ वटा स्वाब परीक्षण भइसकेको र सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश १ ले जनाएको छ ।
परीक्षणका लागि विराटगरको कोशी अस्पतालमा काठमाडौपछि अधिक परीक्षण गर्न सक्ने ल्याब समेत सञ्चालनमा आइसकेको छ ।
अहिलेसम्म प्रदेश १ मा कोरोना संक्रमण देखिएको छैन ।















प्रतिक्रिया