२ कार्तिक २०८३, सोमबार

लकडाउन भनेको लकडाउन नै हो, ‘नो कम्प्रमाइज’ : प्रधानमन्त्री ओली

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा कुनै किसिमको सम्झौता गर्न नहुने बताएका छन् ।

शनिबार प्रधानमन्त्री कार्यालयमा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फेरेन्समा लकडाउनमा कुनै किसिमको सम्झौता नगर्न निर्देशन दिएका हुन् ।

उनले लकडाउन बढाइने र सीममा थप कडाइ गर्न पनि मुख्यमन्त्रीहरुलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले विकसित देशहरु अमेरिका, युरोप लगायतलाई कोरोना नियन्त्रणमा हम्मे परेको स्मरण गराउँदै भाइरसले मन्त्री मुख्यमन्त्री नभन्ने भन्दै जनताले पनि दुःख नपाउनेतर्फ ध्यान दिन र भावनामा बहकिनसमेत नहुने बताए ।

लक डाउन भनेको लक डाउन नै हो । यसलाई कडाइका साथ पालना गर्नु पर्छ । नो कम्प्रमाइज,’ प्रधानमन्त्रीले भने ।