२ कार्तिक २०८३, सोमबार

‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव-२०७६’ समापन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ चैत । कोभिड १९ ले विश्वभरी महामारीको रुप लिइरहेको बेला हामी नेपाली पनि लकडाउनको अवस्थामा छ ।

यस अवधिमा क्वारेन्टाइन अभियानलाई सघाउँदै थिएटर मल–कीर्तिपुर रङ्मञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले आयोजना गरेको ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ ले १५ दिन पूरा गरेको छ ।

यस अवधिमा मिडियामार्फत पुर्याएको योगदानप्रति आयोजकले अभार व्यक्त गरेको छ । आयोजकले मिडियाद्धारा आएको सूचनाले अभियानमा दर्शक बढाउने काम गरेको भन्दै धन्यवाद व्यक्त गरेको छ ।

लकडाउन लम्बिएसँगै दर्शकको मागअनुसार हामीले उत्सवलाई दोस्रो साता पनि निरन्तरता दिएका थियौँ । आज १६ औँ दिन नियमित नाटकको भिडियो प्रदर्शनको कार्यक्रम समापन हुँदै गरेको आयोजकले जनाकारी दिएको छ ।