२ कार्तिक २०८३, सोमबार

लकडाउन उल्लंघन गर्ने २१ सय बढी नियन्त्रणमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २८ चैत्र । काठमाडौँ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ६१ महिला सहित २ हजार १ सय ४६ जनालाई नियन्त्रणमा लिएको छ ।

आज विहान ६ बजे देखि दिउसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी ३ सय ७१ वटा दुई पाङ्ग्रे र १६ वटा चारपाङग्रे गरी ३ सय ८८ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।

काठमाडौँबाट सबैभन्दा बढी १८ सय ३३ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट २ सय ३९ र भक्तपुरबाट ९२ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरे ।