
चितवन, २८ चैत । देशभर लकडाउन भई प्राय उद्योग व्यवसाय बन्द रहेको वर्तमान अवस्थामा समेत लागु औंषध कारोबारीको कारोबार भने रोकिनुको सट्टा झन नयाँ नयाँ तरिका अपनाउँदै बढ्दै गरेको देखिन्छ ।
लकडाउनको समयमा पनि लागु औषधी तस्करी गर्ने तस्कर र बेच्ने गिरोहहरुहरुले आफ्नो कारोबारलाई नयाँ शैंलीमा बढाईरहेको पाईएको हो ।
लागुऔषध तस्करहरुले नवलपुरको एउटा एम्बुलेन्सको प्रयोग गरी नवलपरासीको बर्दघाटबाट चितवनको भरतपुरमा लागुऔंषध तस्करी गरेको पाईएको हो ।
घटना विवरणअनुसार यहि चैत्र २४ गते भरतपुरको आखाँ अस्पतालबाट आँखाको बिरामीको नाटक गरी बिरामी बर्दघाट पुर्याउने भन्दै तस्करहरुले एम्बुलेन्स नै रिर्जभ गरेका थिए ।
तस्करहरु मध्येका नक्कली बिरामी बिनोद राना मगर र अर्का तस्कर प्रबिन घर्ति गैडाकोटस्थित नारायाणी कालाखेती स्मृती प्रतिष्ठानको लु. २ .च. नम्बरको एम्बुलेन्सलाई रु ७ हजारमा रिर्जभ गरी बर्दघाट गई उताबाट अर्को बिरामी समेत ल्याउने भन्दै एम्बुलेन्समै बर्दघाट पुगी त्यहाँबाट प्रतिबन्धित लागुऔंषध लिई फर्किएका थिए ।
एम्बुलेन्समै लागुऔंषध ल्याईरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले सुनवलबाट फर्किएर बिनोद घर्तीलाई घरमा पुर्याउँदै गरेको एम्बुलेन्सलाई भरतपुर २ जलमा रोडबाट एम्बुलेन्समा रहेका बिनोदको साथमा रहेको झोलाबाट लागुऔंषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुबाट प्रहरीले १८७ ट्याब्लेटनाईट्रेभ्याट,९४ थान ईस्पास्मप्रोक्सीन,४० पिस ट्रमाजोल र १ लिटर फेन्टाको बोतलभरी फेन्सीडायल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका तस्करहरुको सुचनाको आधारमा त्यो समानको धनी भएको आरोपमा प्रहरीले अर्का एक व्यक्ति भरतपुर ११ का अनुप तिमल्सेनालाई समेत पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई ५ दिन म्याद थप गरिएको र आजै थप १० दिन म्याद थपको लागी पेश गरिएको चितवन प्रहरीले जनाएको छ ।
चितवन प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुगंका अनुसार उनीहरुलाई लागुऔंषध ओसारपोसार ऐनअनुसार म्याद थप गरिएको र सोही ऐन मुताबिक कार्बाही हुने बताए ।
एम्बुलेन्स जस्तो संबेदनशिल सवारीमा लागुऔंषध तस्करी हुनु दुखद भएको भन्दै एसपी गुरुगंले एम्बुलेन्सहरुलाई समेत आवश्यक्ता अनुरुप चेकिगं गरिने बताए । ऐन अनुसार पक्राउ गरिएका ब्यक्तिहरुलाई ३ देखि १० वर्षसम्म कैद हुने एस्पी गुरुगंले जानकारी दिए ।















प्रतिक्रिया