
काठमाडौँ, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन संंवाद भएको प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत जनाएका छन् ।
टेलिफोन वार्ताका क्रममा कोरोना भाइरसविरुद्धको सहकार्य अझ सशक्त बनाउने सहमति भएको छ ।
त्यस्तै, लकडाउनले दुवै देशमा रोकिएका एक अर्काका नागरिकलाई आवश्यक व्यवस्थापनसहित हेरचाह गर्ने सहमति भएको पनि ओलीले जानकारी दिएका छन् ।
त्यस्तै, वार्तामा आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भएको र भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि प्रधानमन्त्री ओलीले धन्यवाद दिएको पनि बताएका छन् ।
















प्रतिक्रिया