१ कार्तिक २०८३, आइतबार

विश्व कोरोना कहर : संक्रमितको संख्या १६ लाख ५ हजार नाघ्यो, मृतक संख्या ९५ हजार ७ सय बढी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट विश्वभर अहिलेसम्म संक्रमितको संख्या १६ लाख ५ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या १६ लाख ५ हजार ७ सय ३२ पुगेको छ भने मृत्यु हुनेको संख्या ९५ हजार ७ सय ६६ पुगेको छ । अहिलेसम्म ३ लाख ५७ हजार ३ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

विश्वमा सबैभन्दा धेरै संक्रमितको संख्या रहेको अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ४ लाख ६८ हजार ८ सय ९५ पुगको छ भने मृत्यु हुनेको संख्या १६ हजार ६ सय ९७ पुगेको छ ।

संक्रमणबाट सबैभन्दा धेरै प्रभावित मुलुक इटालीमा अहिलेसम्म मृत्यु हुनेको संख्या १८ हजार २ सय ७९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ४३ हजार ६ सय २६ जनाको मृत्यु भएको छ ।

स्पेनमा अहिलेसम्म मृतकको संख्या १५ लाख ४ सय ४७ जनाको मृत्यु भएको भने संक्रमितको संख्या १ लाख ५३ हजार २ सय २२ पुगको छ । जर्मनीमा मृत्यु हुनेको संख्या २ हजार ६ सय ७ पुगेकोे छ भने संक्रमितको संख्या १ लाख १८ हजार २ सय ३५ पुगेको छ ।

फ्रान्समा मृत्यु हुनेको संख्या १२ हजार २ सय १० जनाको मृत्यु भएको छ भने संक्रमित १ लाख १७ हजार ७ सय ४९ पुगको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा संक्रमितको संख्या ८१ हजार ९ सय ७ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ३ हजार ३ सय ३६ जनाको मृत्यु भएको छ ।