४ कार्तिक २०८३, बुधबार

यस्ताे बन्याे काेराेना भाइरससम्बन्धी फिल्म, रिलिज हुँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क । विपद, युद्ध तथा समाजका विभिन्न परिवेश र घटनामाथि चलचित्र बन्छन् । त्यस्ता चलचित्र ती घटना वा परिवेशको कम्तिमा केही समयपछि मात्रै बन्ने र प्रदर्शनमा आउने गरेका छन् ।

विश्व अहिले कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ । विश्वभर यसबाट ९६ हजारको हाराहारीमा मानिसले ज्यान गुमाएका छन् । गएको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीबारे भने चलचित्र बनेर प्रदर्शनको तयारीमा रहेको छ ।

क्यानडाका निर्देशक मोस्तफा केशवानीले यो चलचित्र बनाएका हुन् । उनले चीनमा भाइरसको संक्रमण देखिएका बेला जसलाई धेरैले चाइनिज वा वुहान भाइरसका नामले मात्रै चिनेका थिए, त्यहि बेला नै चलचित्र बनाउन सुरु गरेका हुन् ।

फेब्रुअरी १४ मा छायाँकन सम्पन्न भएको चलचित्र अहिले सम्पादनको काम सकेर स्ट्रिमिङ्गका लागि तयारी अवस्थामा आएको छ । चाँडै यो चलचित्र स्ट्रिम हुने जनाइएको छ ।

यो चलचित्रमा लिफ्टमा अड्किएका सात व्यक्तिको कथामा देखाइएको छ । त्यसमध्ये एक व्यक्तिलाई खोकी लागेपछि संघर्षको कथा चलचित्रमा छ ।