बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

भायानेटको डाटा चोरी भएपछि कम्पनीद्वारा ग्राहकमा यस्ताे अपील

दैनिक नेपाल २०७६ चैत २७ गते १५:१३

काठमाडौँ, २७ चैत । भायानेट कम्यूनिकेशन प्रा.लि. आफ्नो ग्राहकहरुको सूचना प्रणालीमा साइबर घटना भएको पत्ता लगाएको कुरा जानकारी गराएको छ ।

जसमा केही व्यक्तिगत डाटा जस्तै कि नाम, ठेगाना, इमेल ठेगाना र फोन नम्बरहरुमा अनाधिकारिक घुसपैठ गरिएको छ ।

कम्पनीले डाटा उल्लंघनको श्रोत पहिचान गरी त्यसको रोकथाम गरिसकेको जनाएको कम्पनीका प्रबन्धनिर्देशक विनय बोहराले जनाएका छन् ।

हाम्रो प्राविधिक टोलीले भविष्यमा हुनसक्ने यस्ता सम्भावित कमजोरीहरुमा नजर राख्न र आवश्यक सुरक्षाको व्यवस्था पनि कार्यान्वयनमा ल्याइसकेका छ ।

कम्पनीले अहिले नेपाल सरकारको साइबर क्राइम ब्यूरोसँग सम्पर्कमा छौँ र हामीले सम्बन्धित निकायसँग ती डाटाहरु कहाँ अपलोड भएका छन् भनेर पत्ता लगाउन आवश्यक कदम चाल्न अनुरोध गरेको जनाएको छ ।

यो घटनाको बारेमा आन्तरिक टोली, साइबर सेक्योरिटि विज्ञद्वारा विस्तृत छानबिन गरिँदैछ र ब्यूरोद्वारा सम्भावित प्रभावको र यो चाँडै नै समाधान होस् भनी कम्पनीले आशा राखेको छ ।

यो अप्ठ्यारो घडिमा, कम्पनीलाई तपाईंको साथ चाहिएको छ भन्दै ग्राहकहरुलाई निम्नलिखित सावधानीहरु तुरुन्तै अपनाउनको लागि अनुरोध गरेको छ ।

१. कृपया कुनै पनि नचिनेको नम्बरबाट आएको कल र एसएमएसको जवाफ नदिनुहोस् र गैर–प्रमाणित एवं शंकास्पद इमेल नखोल्नुहोस् । कृपया आफ्नो व्यक्तिगत जानकारी यस्ता श्रोतहरुलाई नदिनुहोस् ।

२. यदि तपाईंलाई भायानेटबाट कल आयो भने, कृपया आएको कल भायानेटकै निम्न आधिकारिक नम्बरहरुबाट आएको सुनिश्चित गर्नुहोस्
९८०१०४६४१०, ०१–५९७०४४४ वा ०१४२१७५५५

हामी हाम्रा ग्राहकहरुलाई यी नम्बरहरु सेभ गर्न अनुरोध गर्दछौँ ताकि तपाईंहरुले आफूलाई आएको कल वास्तवमै भायानेटबाट आए–नआएको सजिलै चिन्नुहोस् ।

३. यदि तपाईंले भायानेटबाट कुनै पनि इमेलहरु प्राप्त गर्नु भयो भने कृपया उक्त इमेल “@vianet.com.np” डोमेनबाट आए–नआएको सुनिश्चित गर्नुहोस् ।

४. यदि तपाईंलाई कुनै पनि समस्या परेमा हामीलाई निम्न माध्यमबाट सम्पर्क गर्नुहोस्ः

 कल सेन्टरः ०१–५९७०४४४, ९८०१०४६४१०
फेसबुक च्याट सपोर्टः fb.com/vianetnepal

 ईमेलः  [email protected]

यो आपराधिक क्रियाकलापको कारण ग्राहकहरुलाई परेको चिन्ता र असुविधाको लागि कम्पनीले भित्रैदेखि व्यक्त गरेको क्षमालाई कृपया स्वीकार गन अनुरोध गरेको छ ।

कम्पनीले यस अवस्थाको गम्भीरतालाई राम्ररी बुझेको र यसको जडसम्म पुग्न र सबै कुरा ठीक गर्नको लागि निरन्तर लागि परेको बताएको छ । यस सम्बन्धी कुनै पनि महत्वपूर्ण सुधार भएमा वा जानकारी प्राप्त भएमा कम्पनीले अपडेट गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित