२ कार्तिक २०८३, सोमबार

४ थान भरुवा बन्दुकसहित एक पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, २७ चैत । आमचोक गाउँपालिका ३ दिसङ्ला बस्ने २२ वर्षीय साजाङ राईलाई ४ थान भरुवा बन्दुकसहित वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चैत्र ६ गते बेलुका सोही ठाउँस्थित जंगलमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागि सोही ठाउँ बस्ने १४ वर्षीय निश्चल राई घाइते भई धरान घोपामा उपचार

भइरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय वोयाङरबाट खटिएको प्रहरीले राईलाई एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो ।

साथै सोधपुछ गर्ने क्रममा उक्त जंगलमा झारपातले छोपेर लुकाइ राखेको ३ थान भरुवा बन्दुक समेत बरामद भएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।