२ कार्तिक २०८३, सोमबार

साढे २२ हजारसहित ८ जना जुवातास खेल्ने पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मकवानपुर, २७ चैत । मकवानपुर हेटौँडा उपमहानगरपालिका ८ मैदा टोलमा जुवातास खेलिरहेको अवस्थामा २२ हजार ५ सय ४५ रुपैयाँ र १८ बुक तास सहित ८ जनालाई वुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा हेटौँडा उपमहानगरपालिका ८ मैदा टोल बस्नेहरु २७ वर्षीय रामेश्वर राई, २६ वर्षीय अशोक थापा, ३३ वर्षीय चित्र शिवभक्ति, २२ वर्षीय सुमन थापा, २८ वर्षीय सुदिप अर्याल, ३२ वर्षीय सागर राई, २९ वर्षीय आकाश बिष्ट र सोही उपमहानगरपालिका ४ कमल डाँडा बस्ने ३० वर्षीय बिजय राई रहेका छन् ।

उक्त ठाउँमा तास खेलिरहेको सूचनाको आधारमा बागमति प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।