१ कार्तिक २०८३, आइतबार

भारतमा लकडाउन अझै थप गरिन्छ : मोदी

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २७ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा अझै लकडाउन लम्बिने बताएका छन् । बुधबार भिडियो कन्फरेन्समार्फत विपक्षी दलका शीर्ष नेताहरूसँग कुराकानी गर्दै मोदीेले अप्रिल १४ पछि पनि लकडाउन बढ्ने बताएका हुन् ।

मोदीले राष्ट्र राष्ट्रिय आपतकाल जस्तै अवस्थामा पुगेकाले तत्काल लकडाउन खोल्न नसक्ने बताएका हुन् । कोरोनासंग जित हासिल गर्न सामाजिक दूरी कायम गर्नु नै मुख्य उपाय भएकाले लकडाउन बढाउनुपर्ने अवस्थामा पुगेको बताएका हुन् ।

कोरोनाको प्रभाव विस्तार हुँदै गएपछि अहिले भारतमा २१ दिन लामो लकडाउनको घोषणा गरिएको छ । भारतमा आज लकडाउनको १६ औँ दिन हो ।