शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

महालक्ष्मी विकास बैंकद्वारा कोरोना रोकथाम तथा नियन्त्रणका लागि ५० लाख सहयोग

दैनिक नेपाल २०७६ चैत २६ गते २१:२१

काठमाडौँ, २६ चैत । महालक्ष्मी विकास बैंक लि. ले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि जम्मा ५० लाख रुपैयाँको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बैंकले संघीय सरकारलाई रु. १२ लाख, प्रत्येक प्रदेश सरकारलाई रु. ४ लाखका दरले रु. २८ लाख र विभिन्न स्थानीय क्षेत्रहरुमा रु. १० लाख सहयोग गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले जनाएका छन् ।

बैंकले प्रदानगर्ने उक्त सहयोग केन्दी«य सरकारलाई नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने, प्रदेशहरुमा प्रदेश सरकारलाई हस्तान्तरण गरिने र स्थानीय तहहरुमा शाखाहरुसँग समन्वय गरि वितरण गरिने बैंकले जनाएको छ ।

यस असहज परिस्थितिमा उक्त सहयोगले कोरोना भाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचार गर्नमद्दत पुग्ने विश्वास बंैकले लिएको छ ।

बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित