२ कार्तिक २०८३, सोमबार

क्वारेन्टाइनमा पूरा समय नबसी भागेपछि …

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ चैत । बझाङका विभिन्न क्वारेन्टाइनबाट एक सय जनाभन्दा बढी मानिसहरु भागेका छन् ।

भारतबाट आएका ३ सय ८० जनालाई जिल्लाका विभिन्न स्थानका ३४ वटा क्वारेन्टाइनमा राखिएकोमध्ये १ सय भन्दा बढीले क्वारेन्टाइन छोडेका छन् ।

कतिजना भागे भन्ने कुराको यकिन तथ्यांक भने राखिएको छैन । क्वारेन्टाइनमा राखिएका मानिसहरु भागेपछि कोरोना भाइरसको संक्रमण त्रास स्थानीयमा झन् बढेको छ ।

त्यस्तै, क्वारेन्टाइनको व्यवस्थापन गर्ने स्थानीय पालिकाहरु आलोचित पनि बनेका छन् । पूरा समय क्वारेन्टाइनमा नबसी भागेपछि चिन्ता पैदा भएको छ ।