शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बिहीबारदेखि १४.२ केजी भरिएको ग्यास सिलिन्डर पाइने

दैनिक नेपाल २०७६ चैत २६ गते १८:१५

काठमाडौँ, २६ चैत । आयत सहज भएका कारण बजारमा भोलिदेखि पुनः १४.२ केजी ग्यासको सिलिन्डर उपलब्ध हुने भएको छ । भण्डारण तथा आयत पनि सहज भएकाले भरि एलपी ग्यास उपलब्ध हुने भएको हो ।

चैत २३ गते ग्यासको माग र आपूर्ति असहज हुन सक्ने भन्दै निगमले उद्योगीलाई आधा ७.१ केजी भरिएको ग्यास मात्रै बिक्री गर्न भनेको थियो । तर १३ दिनमै अवस्था सहज भएको भन्दै त्यो व्यवस्था बन्द गरेको छ ।

चैत ३० गतेसम्म व्यवसायीले आधा भरिएको ग्यास सिलिन्डर बेचिसक्नु पर्नेछ ।

ग्यास बुलेट बोकेको गाडीहरु होल्ड हुने र थप आयात हुन नसक्ने भएपछि फेरि पुरानै अवस्था फर्कज सहज भएको निगमको दावी छ ।

प्रतिक्रिया
सम्बन्धित