बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

ओपो, एरिक्सन र मिडियाटेकद्वारा भीओएनआर भ्वाईस एण्ड भिडियो कलको सफल परीक्षण

उच्च गुणस्तरीय फाइभजी फोन अनुभव वास्वविकताको थप नजिक

दैनिक नेपाल २०७६ चैत २६ गते १८:०२

शन्चन, चीन, २६ चैत । ओपोले पूर्णत नेक्स्ट जेनरेशन फाइभजी नेटवर्कमा आधारित भई भ्वाइस र भिडियो कल गर्ने कार्यमा सफलता हात पारेको घोषणा गरेको छ । यस कार्यमा सफलताका साथै अब उच्च गुणस्तरीय फाइभजी अनुभव वास्तविकताको थप नजिक पुगेको छ ।

एरिक्सन र मिडियाटेकसँग सहकार्य गर्दै मिडिया टेकको डाइमेन्सिटी १००० सिरिज एसओसी सुसज्जित ओपोद्वारा परिमार्जित कमर्सियल स्मार्टफोन मार्फत एरिक्सन रेडियो सिस्टम प्रडक्ट्स एण्ड सोल्यूसनद्वारा सञ्चारित ईन्ड टू ईन्ड फाइभजी स्ट्यान्डअलोन (एसए) नेटवर्कको माध्यमबाट गरिएको हो ।

भीओएनआर पूर्णत फाइभजी नेटवर्क (एसए आर्किटेक्चर) मा आधारित आधारभूत कल सेवा हो । पछिल्ला कल सेवासँग तुलना गर्दा भोओएनआरले उल्लेखनीय रुपमा कम बिलम्बता, सुदृढ आवाजको गुणस्तर तथा गुणस्तरीय दृश्यानुभूतिका साथमा समग्र प्रयोगकर्ता अनुभवमै सुधार प्रदान गर्छ ।

एसए आर्किटेक्चर भविष्यको फाइभजी नेटवर्कका लागि एक प्रमुख मेनस्ट्रिम आर्किटेक्चर हो । हाल वैश्विक अपरेटर्सहरु निकै सक्रिय रुपमा फाइभजी एसए नेटवर्कका लागि जग बसाउने कार्यमा लागि परेका छन् ।

एसए आर्किटेक्चर मातहत भीओएनआर सपोर्ट गर्ने पहिलो मध्यकै एक मोबाइलफोन ब्राण्डका रुपमा प्रारम्भिक ग्रहणकर्ताहरुले समेत पूर्णतः समग्र फाइभजी अनुभवको मज्जा लिन सकुन् भन्नु ओपोको उद्देश्य हो ।

नयाँ पुस्ताका सञ्चार प्रविधिका लागि सबल प्राविधिक क्षमताका स्मार्टफोन निर्माताको आवश्यकता पर्ने हुँदा यस सफलतासँगै अपरेटर्स तथा सञ्चार उपकरण वितरकहरुका लागि छनोटका आधारमा पहिलो प्राथमिकतामा समेत पर्न सघाएको छ ।

प्रतिक्रिया
सम्बन्धित