बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

उत्तर कोरियामा ५ सय बढी क्वारेन्टाइनमा, ७ सयको परीक्षण

दैनिक नेपाल २०७६ चैत २६ गते १७:१३

काठमाडौँ, २६ चैत । उत्तर कोरियामा पाँच सयभन्दा बढी मानिसहरु क्वारेन्टाइनमा रहेका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ ।

मंगलबार डब्ल्यूएचओले उत्तर कोरियामा निरन्तर कोरोना भाइरस (कोसिड–१९) को परीक्षण भइरहेको समेत दावी गरेको छ ।

उत्तर कोरियाको स्वास्थ्य मन्त्रालयबाट डब्ल्यूएचओले सप्ताहिक रूपमा अपडेट पाइरहेको बताएको छ । उत्तर कोरियाले राजधानी प्योंगयोङमा रहेको राष्ट्रिय प्रयोगशालामा कोरोना भाइरसको परीक्षण गरिरहेको रोयटर्सले उल्लेख गरेको छ ।

उत्तर कोरियामा अप्रील २ सम्ममा ११ जना विदेशीसहित ७ सय ९ जनाको परीक्षण भइसकेको छ । अहिलेसम्म संक्रमण देखिएको भने छैन । हाल ५ सय ९ जना क्वारेन्टाइनमा छन् ।

डब्ल्यूएचओका अनुसार गत डिसेम्बर ३१ यता उत्तर कोरियामा २४ हजार आठ सय ४२ जना मानिस क्वारेन्टाइनबाट घर फर्केका छन् ।

उत्तर कोरियाले गत जनवरीमा चीनबाट कोरोना भाइरस परीक्षण किट्स ल्याएको तथा डब्ल्यूएचओले पनि उत्तर कोरियामा पीपीईलगायत स्वास्थ्य सामग्री पठाएको जनाएको छ ।

हालसम्म विश्वका २ सय ८ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको वर्ल्ड मिटरले जनाएको छ । यद्यपि उत्तर कोरिया, लेसोथो, ताजकिस्तान, तुर्कमेनिस्तान र यमनमा मात्र यो भाइरसका संक्रमित भेटिएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित