शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कोरोना अस्पतालमा मृत्यु भएका थापाको ११ दिनपछि शव बुझियो

दैनिक नेपाल २०७६ चैत २६ गते १६:५८

सांकेतिक तस्वीर

काठमाडौँ, २६ चैत । पाल्पा रिब्दीकोट गाउँपािलका ५ का ३४ वर्षीय बाबुराम थापाको शव ११ औँ दिनपछि परिवारले बुझेका छन् ।

बुटवलको कोरोना अस्थायी अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएका उनको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

थापाको शव पूर्वसभासद् विनोद पहाडी, पाल्पाली समाजका अध्यक्ष पदम कार्की, रिब्दीकोट समाजका समुन्द्र जिसी, मानवअधिकारकर्मी गोविन्द खनालको पहलमा आफन्त र परिवार बुझ्न सहमत भएका हुन् ।

कोरोनाको आशंकामा उनको उपचार हुँदै गरेको थियो । रिपोर्ट नेगेटिभ आए पनि परिवारमा कोरोनाकै कारण निधन भएको त्रास रहेकोले शव उठ्न सकेको थिएन ।

थापाको शव उनको परिवारका सदस्यहरुले बुझेका छन् ।

उनीहरुले आजै दाहसंस्कार गर्न राजी भएका पनि जनाइएको छ । पीडित परिवारलाई विभिन्न स्थानीय संघसंस्थाको पहलमा ८ लाख ४० हजार राहत संकलन गरि कोष स्थापना गरिदिने जनाइएको छ ।

दुबईबाट चैत ६ गते नेपाल आएका उनी ज्वरो आएपछि १३ गते बुटवलको कोरोना अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको चैत १६ गते मृत्यु भएको थियो । उनको स्वाबको नमुना परीक्षणको दुई दिनपछि रिपार्टमा कोरोना नेगेटिभ आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित