बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

कोरोना भाइरस परीक्षणका लागि सुदूपश्चिम र कर्णालीमा एक हजार जनाको नमुना संकलन

दैनिक नेपाल २०७६ चैत २६ गते १६:३९

काठमाडौँ, २६ चैत । नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म कूल १ हजार ९ सय ६५ वटा कोरोना भाइरसको परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उपत्यका बाहिर ४ सय १ वटा परीक्षणसहित नेपालभर जम्मा २ हजार ३ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् । आजै पनि १८० नमुना परीक्षणका क्रममा रहेको उनले जनाए ।

त्यस्तै, रेपिड डाइग्नोस्टिक टेस्टिंग कीटले हालसम्म कैलाली र कञ्चनपुरमा स्वास्थ्य विभागको टोलीले १९८ वटा नमुना संकलन गरिएको उनले जनाए । यी दुवै किसिमका नमुना रहेको उनले बताए ।

त्यस्तै, पीसीआर टेस्टका लागि अछाम, जुम्ला, सुर्खेतलगायत जिल्लाबाट ८ सय २ वटा स्वाबका नमुना संकलन गरेर परीक्षणका लागि काठमाडौँ ल्याइसकिएको उनले जनाए ।

त्यसैगरी, आज विहानदेखि दिपायलमा नमुना संकलन जारी रहेको र ३ सयभन्दा बढी नमुना संकलन गर्ने लक्ष्य रहेको प्रवक्ता देवकोटाले जनाए ।

हाल उपत्यकामा १२ जना र बाहिर १२२ जना गरि कूल १३४ जना आइसोलेसनमा रहेका छन् । हालसम्म ८ हजार ५ सय ८० जना मानिसहरु क्वारेन्टाइनमा रहेका देवकोटाले जनाए । आठैजना संक्रमितको कन्ट्याक्ट ट्रेसिंगको काम सम्पन्न भइसकेको उनले बताए ।

कल सेन्टरमा कूल ३३०६ कलहरु सम्बोधन भएको उनले जनाए । त्यस्तै, वेवसाइटमा र हाम्रो स्वास्थ्य मोबाइल एप्समा आज ८ सय २९ जनासहित कूल १२हजार ६८ जनाले इन्ट्री गरेका छन् ।

त्यसमध्ये, आज ३ जनासहित जम्मा १७५ जना रेड जोनमा परेको उनले जनाए । उनीहरुसँग नियमित सम्पर्क भइरहेको उनले जनाए ।

प्रतिक्रिया
सम्बन्धित