शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अमेरिकी गायक जोन प्राइनको कोरोना भाइरस संक्रमणले निधन

दैनिक नेपाल २०७६ चैत २६ गते १६:१२

तस्वीर : गेट्टी इमेज

काठमाडौँ, २६ चैत । कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण अमेरिकी गायक जोन प्राइनको निधन भएको छ । पाँच दशक संगीत क्षेत्रमा सक्रिय प्राइनको ७३ वर्षको उमेरमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार उनमा गत महिना कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनी त्यहीबेला अस्पताल भर्ना भएका थिए । वुधबार उनको निधन भएको पुष्टि गरिएको एबीसीले जनाएको छ ।

ग्रामी अवार्ड विजेता प्राइनलाई ७० को हुँदा क्यान्सर लागेको थियो ।

सिकागोमा हुर्केका प्राइनको संगीत यात्राले सन् १९७० मा उचाइ लिएको थियो । त्यसबेला उनी सिकागोका नाइटबारमा गीत गाउँथे ।

विस्तारै उनले दर्शकको मन जित्न थाले । उनको पहिलो एल्बम सन् १९७१ मा सार्वजनिक भएको थियो । ’प्याराडाइज’, हेल्लो इन दियर’, ’स्याम स्टोन’ उनका चर्चित गीतहरु हुन् ।

प्रतिक्रिया
सम्बन्धित